बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

शनिबार, ०६ वैशाख २०८२, ०९ : २७
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गए राति कोटेश्वरबाट पक्राउ गरेको हो । 

३४ वर्षीय सिलवाल पूर्वराजा समर्थहरूको बिचमा सन्तोष राजावादी भनेर चिनिन्छन् । काठमाडौँ–३२ कोटेश्वर स्थित महादेवस्थानबाट पक्राउ गरेर उनलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप