बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानद्वारा २ अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान

शनिबार, ०६ वैशाख २०८२, १९ : ५०
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले दुई अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान गरेको छ ।

प्याकुरेलको दोस्रो स्मृतिसभाका अवसरमा उनकै अनुसन्धानलाई निरन्तरता दिएका डा. दुर्गा खनाल र मोहनचन्द्र अधिकारीलाई अनुसन्धानवृत्ति प्रदान गरिएको हो । 

गणितको व्यवहारिक प्रयोगको क्षेत्रमा अनुसन्धानमा संलग्न रहेकै वेला दुई वर्षअघि उनको निधन भएको थियो । त्रिभुवन विश्वविद्यालयकी कान्छी प्राध्यापक प्याकुरेलको स्मृतिमा प्रतिष्ठान खोलिएको थियो । 

सडक यातायातको जाम घटाउने वैकल्पिक विधिबारे गरिएका उनीहरूका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशनको क्रममा छन् । 

त्यसै अवरसमा प्राडा उर्मिला प्याकुरेलको सम्झनास्वरुप निकालिएको स्मृतिमा 'उर्मिला' नामक स्मारिकाको पनि विमोचन गरियो । उर्मिला प्याकुरेलको प्राज्ञिक तथा मधुश्री नामको उनको साहित्यिक जीवनका विविध पक्ष समेटिएका ३५ वटा लेख स्मारिकामा संग्रिहत छन् । 

समारोहका प्रमुख अथिथि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उर्मिला प्याकुरेलले सडक जाम खुलाउन खोलेको गणितको बाटोलाई राज्यका नीतिमा जोडिने बताए । प्रतिनिधि सभाको पूर्वाधार समितिमा सडक सुरक्षा विधेयकबारे भइरहेको छलफलमा समेट्ने आश्वासन पनि दिए । 

प्रतिष्ठानका अध्यक्ष प्राडा टंकनाथ धमलाले उर्मिलाले देखाएको बाटोमा गरिने अनुसन्धानहरूलाई प्रोत्साहनस्वरूप वृत्ति प्रदान गरिएको बताए । धमलाले साहित्य र स्वास्थ्यको क्षेत्रमा पनि प्रतिष्ठानले काम गर्ने बताए । 

बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले नेपालमा अनुसन्धान र विकासका कमै प्राथमिकता दिइनु दुर्भाग्य रहेको बताए ।

काठमाडौं विश्वविद्यालयका पूर्वडिन प्राडा कन्हैया झा, उर्मिलाले प्रारम्भिक शिक्षा आर्जन गरेको सिन्धुपाल्चोकको बाघभैरव माविका तत्कालीन प्रधानाध्यापक शिवप्रसाद न्यौपाने, योग प्रशिक्षक विन्दा आचार्य, नेपाल जर्मन प्राज्ञिक संघका अध्यक्ष डा. बबिता पौडेल लगायतले प्राडा उर्मिलाका विविध आयामबारे चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप