जसपा नेपाल काठमाडौँको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रो लिङ्गी निर्वाचित

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा भेषलाल दाहाल निर्वाचित भएका छन्। योसँगै काठमाडौँ जिल्ला समितिमा पहिलो पटक दुई जना तेस्रोलिंगी पदाधिकारी बनेका छन्।
शनिबार भएको जसपा नेपाल काठमाडौँ जिल्ला अधिवेशनले पुनर्गठन गरेको नयाँ कार्य समितिको उपाध्यक्ष र सहसचिव पदमा तेस्रोलिंगी निर्वाचित भएका हुन्।
निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेलले तेस्रो लिङ्गी सम्झना केसी र सहसचिवमा राजीव महर्जन मौनी निर्वाचित भएको जानकारी दिए।
जसपा नेपालले पहिलो पटक जिल्ला कार्यसमितिमा तेस्रो लिंगीलाई पदाधिकारी बनाएको हो। पौडेलका अनुसार राजनीतिक दलहरुको कार्यसमिति पदाधिकारीमा तेस्रो लिंगी निर्वाचित भएको यो इतिहासमै पहिलो पटक हो।
२१ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा दाहाल, उपाध्यक्षमा केसी र सुरेश कुमार अधिकारी निर्वाचित भए। सचिवमा कमलेश निधि, सहसचिवमा राजीव महर्जन (मौनी) र विमला शाक्य निर्वाचित भए।
कोषाध्यक्षमा पछि मनोनीत गर्ने जसपा नेपाल काठमाडौँ जिल्लाले जनाएको छ। कार्यसमितिको १४ सदस्यमा सरिता श्रेष्ठ, मैया भुजेल, रिलिज थापा, देवी कार्की, राधिका श्रेष्ठ, शकुन्तला श्रेष्ठ, रामकृष्ण फुयाल, सरोजकुमार मानन्धर, गंगा तामाङ, मीनप्रसाद दाहाल, कृष्णहरि कोइराला, अच्युत आचार्य, सरोज फुयाल, मनिष गुरुङ निर्विरोध निर्वाचित भए।
अधिवेशनमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत् बज्राचार्य, केन्द्रीय सचिव एवं बागमती प्रदेशका अभियन्ता सोनी लामा, केन्द्रीय सदस्य ज्ञानु लामा, बिना सिन्हा, सरस्वती जैसवाल, लक्ष्मण गुरुङ, राजन केसी र सन्तोष सिलवालले शुभकामना मन्तव्य दिए।
अधिवेशनमा जनता समाजवादी पार्टी ,नेपालका तामाङ सङ्घका केन्द्रीय अध्यक्ष बाबुराम तामाङ, नेवा राष्ट्रिय तटस्थ समितिका सहसंयोजक राकेश श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए।
निवर्तमान अध्यक्ष पौडेलले अब आफूले प्रदेश अध्यक्षमा दाबेदारी दिने जानकारी गराएका छन्। अधिवेशनको अन्त्यमा निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेलले काठमाडौँ जिल्लालाई अझ प्रगति पथमा लम्काउने जिम्मेवारी नयाँ कार्यसमितिको काँधमा आएको बताए। सबैलाई समेट्ने र सबैलाई मिल्ने खालको काम गर्दै पार्टीको काममा अझ मजबुत हुन उनले आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने