अदालत
गभर्नर बन्न डा. गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहित दायर रिट हेर्न नभ्याइनेमा
आइतबार, ०७ वैशाख २०८२, १४ : ४५

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको दायर रिट हेर्न नभ्याइनेमा परेको छ ।
आइतबार गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पुनरावेदन निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।
आज ४१ वटा मुद्दाको सुनुवाइ हुन लागेकोमा अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिट र निवेदनको पेसी ४० औँ नम्बरमा परेको थियो ।
सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै सोही रिटमाथि निवेदकहरूले भट्टको योग्यता नपुग्ने दाबीसहित गभर्नर नियुक्ति नगर्न मागसहित शुक्रबार पूरक निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी