श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक

काठमाडौँ । श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक भएको छ ।
शनिबार राजधानीका सात स्थानबाट पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक गरिएको हो ।
काठमाडौँ बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालबाट एकै साथ पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिकको परम्परागत शैलीभन्दा पृथक् रूपमा सिनेमाको बजारीकरण गरेजस्तै उक्त किताब सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिक गर्दै बुकहिल प्रकाशन गृहका अध्यक्ष भूपेन्द्र खड्काले पुस्तक सार्वजनिकको परम्परागत शैली त्यागेर नवीनतम् शैली अपनाउनु आजको आवश्यकता भएको बताए ।
'कतिपय पुस्तक राम्रा हुँदाहुँदै पनि लक्षित पाठकसम्म पुर्याउन सकिएको हुँदैन, नयाँ तरिकाले त्यसको प्रचारप्रसार गर्दा के रैछ भनेर पाठकलाई रुचि हुन सक्छ । बहुरूपीमा हामीले त्यही गरेका हौँ,' उनले भने ।
सङग्रहमा ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू समावेश छन् । 'बहुरुपी'को बजार मूल्य ५५५ रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण