पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव

काभ्रेपलाञ्चोक । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम भएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको फुलबारीमा सोमबार आयोजित नवक्षितिज साप्ताहिकको रजतजयन्तीका अवसरमा उनले लेखन, कला र साहित्य क्षेत्रमा लाग्नेले समाज, राष्ट्र र संसारलाई नै अझ बढी बुझ्ने भएकाले सोहीअनुसार विश्लेषण गरिनुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा धेरै उपलब्धि भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले व्यवस्था संरक्षणमा लाग्न आग्रह गरे । त्यससँगै नदीनाला, पहाड र चुरे दोहनले जलवायु परिवर्तनका असर देखिरहेकाले त्यसमा पत्रकारिताको माध्यमबाट सचेत गराउन उनले आग्रह गरे ।
पूर्वराष्ट्रपति यादवले नवक्षितिज साप्ताहिकको स्मारिका विमोचन गर्नुका साथै साप्ताहिकका स्तम्भकार प्रल्हाद दाहालद्वारा लिखित ‘अनुभूतिको सङ्गालो’ र दीपा गुरुङद्वारा लिखित कथा सङ्ग्रह ‘कथा काठमाडौँको’ लोकार्पण गरे ।
नवक्षितिज साप्ताहिकका प्रधानसम्पादक नवराज बजगाईंले साप्ताहिक पत्रिकाले २५ वर्ष प्रवेश गर्नु गौरवको कुरा भएको उल्लेख गर्दै यात्रासम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद् ज्ञापन गरे ।
कार्यक्रममा पत्रिकामा आबद्ध सञ्चारकर्मी अर्विन्द्र गौतमलाई नगद रु २५ हजारसहित सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा