क्षत्रीलाई आदिबासीमा सूचीकृत गर्न माग

पोखरा । क्षत्रीलाई समेत आदिबासीमा समेट्नुपर्ने माग पोखराबाट गरिएको छ ।
क्षत्री समाज नेपालको केन्द्रीय समिति बैठकले सरकारसँग आफ्नो समुदायलाई आदिबासी समुदायमा समेट्न माग गरेको हो । योसँगै सरकारसँग ६ बुँदे माग गरेको समाजका महासचिव कृष्ण थापाले जानकारी दिए ।
सबै जातीबीच सद्भाव कायम गर्नुपर्ने, राज्यका हरेक तहमा जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधिको व्यवस्था गर्नुपर्ने, जातीय आरक्षणलाई वर्गीय रुपमा व्यवस्थित गर्नुपर्ने, राष्ट्रलाई दीर्घकालीन असर पर्ने निर्णय गर्दा सबैको सहमतिमा गर्नुपर्ने, सामाजिक सुरक्षामा लगाइएको उमेर हद विवाद हटाउनुपर्ने र खस क्षत्रीहरुको राष्ट्रिय आयोग गठन गर्नुपर्ने माग राखेको राखेको हो ।
बैठकले समाजका विविध गतिविधि थप सक्रिय बनाउन देशैभर समाजको अभियान गर्ने, अधिवेशन गर्न बाँकी जिल्ला समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
यस्तै, समाजको नाम प्रयोग गरी असम्बन्धित कार्यक्रम गरेकोप्रति बैठकले विरोध गरेको छ भने उक्त गतिविधिको नेतृत्व गरेका पुर्व उपाध्यक्ष योगेन्द्र कार्कीलाई सदस्यबाटै निलम्बन गरेको अध्यक्ष रिब बहादुर थापाले जानकारी दिए ।
यस्तै, क्षत्री जातिका नाममा गठित समाजहरुसँग एकता वार्ता गर्ने निर्णय भएको छ । त्यसका लागि पूर्व अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय वार्ता एकता समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
-
मनमोहन अधिकारीले शिलान्यास गरेको सडक ३१ वर्षपछि कालोपत्रे हुँदै
-
सोमबार कुन राशिका लागि शुभ ?
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु