मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री आज नेपाल आउँदै

मङ्गलबार, ०९ वैशाख २०८२, १२ : १९
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल आउँदै छन्।  उनको यो भ्रमण परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाल बाहिर रहँदा हुन लागेको हो।

शेख अब्दुल्लाहको यो भ्रमण नेपालपछि पाकिस्तान र श्रीलङ्का पनि पुग्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायतका उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गर्नेछन्।

यूएई हाल नेपालको प्रमुख वैदेशिक रोजगारी गन्तव्य मुलुकमध्ये एक हो। यस भ्रमणले दुई देशबिचको आपसी सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप