घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति

काठमाडौँ । योङ्ग कम्युनिस्ट लिग(वाइसिएल)का अध्यक्ष सुबोध शोर्पालीले माओवादीबारे एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दिएको अभिव्यक्ति पूर्वाग्रही भएको बताएका छन् ।
नेकपा स्थापनाको ७७ वर्षको अवसरमा मङ्गलवार काठमाडौँमा भएको एक कार्यक्रममा भुसालले माओवादको औचित्य नभएको प्रतिक्रिया दिएका थिए ।
माओवादी केन्द्रले लिएको सिद्धान्त र हिँडेको बाटो गलत भएको आशयसहित वास्तविकता भेट्न नसक्ने बताएका थिए । सोही अभिव्यक्तिलाई लिएर शेर्पालीले असन्तुष्टि जनाएका हुन् ।
‘आदरणीय क. घनश्याम भुसालले आज राजधानीमा भएको एक कार्यक्रममा माओवाद र माओवादीबारे दिएको अभिव्यक्ति नितान्त पूर्वाग्रही छ । हाम्रो विचार सिद्धान्त अनि पार्टीप्रति हामी सम्पूर्ण रूपले प्रस्ट छौँ । नेपाली समाज सामन्तहरूको इसारामा होइन जनताको आफ्नै संविधान र गणतान्त्रिक प्रणालीमा चल्नुपर्छ भनेर अगुवाइ गरेको पार्टी हो त्यो विचार बोकेको नेताहरूको सङ्गठन हो’, मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईँ के सोचेर बोल्नु भयो ? तपाईँका अभिव्यक्ति पूर्वरूपमा निन्दा गर्दछु । आउनुहोस् माओवाद र आजको नेपाली समाजबारे कुन मञ्चमा बहस गर्ने हो हामी तयार छौँ ।’
वैचारिक छवि बनाएको नेताबाट यस्तो अभिव्यक्ति आउनु त्यति स्वभनीय नभएको उनले लेखेका छन् । एक आपसमा अनावश्यक बेमेल सिर्जना गर्ने अभिव्यक्ति दिनु राम्रो नभएकोतर्फ ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा