भारतमा चोरी गरेकाे आरोपमा दुई नेपाली पक्राउ

पुणे । भारतको पुणेमा प्रहरीहरूले चोरी गरेको आरोपमा दुई नेपालीलाई पक्राउ गरेका छन् । ती दुई जना गत वर्ष नोभेम्बरमा निग्दीमा रहेको एक व्यवसायीको बङ्गलाबाट १६ लाख २० हजार भारु बराबरको नगद र सुनको गर–गहना चोरीको घटनामा संलग्न रहेकाे प्रहरीहरूकाे आरोप छ ।
यस चोरीमा सघाउने महिला सोही बङ्गलामा घरेलु सहायकको रूपमा काम गर्थिन् । चोरीको समयमा घरेलु सहायकले व्यवसायीका छोरा र बुहारीको पेयमा निद्रा लाग्ने औषधि हालेर दिइन् । अनि आफ्ना तीन परिचितलाई बङ्गलाभित्र छिराइन् ।
ती महिला सहायक नेपाली भएको खुलेको छ । गएको वर्षको नोभेम्बर ६ देखि मात्रै उनले सो बङ्गलामा काम गर्न थालेकी थिइन् । निग्दी प्रहरीको टोलीले हिन्जेवादीबाट सबैभन्दा पहिला कमलबहादुर शाही नाम गरेका नेपाली युवकलाई समातेका थिए ।
हिरासतमा पुछताजका क्रममा शाहीले अन्य चार संदिग्धको नाम भने । चोरीमा आफूलाई सघाउनेहरू नेपाल भागेको शाहीले नै बताएको निग्दी प्रहरीको सहायक प्रहरी निरीक्षक अम्ब्रिश देशमुखले टाइम्स अफ इन्डियासँग बताएका छन् ।
निग्दीको सो बङ्गलामा चोरी गर्नुअघि सो गिरोहले बैंगलुरुमा अरु दुई घरबाट गहना चोरेको देशमुखले बताए । यी संदिग्धका आफन्तको सामाजिक सञ्जाल खोजेर प्रहरीले यिनीहरूको नयाँ प्रोफाइल खोजेको थियो ।
गएको पाँच महिनादेखि आफूहरूले यिनीहरूको सामाजिक सञ्जाल प्रोफाइलमाथि निगरानी गरिरहेको देशमुखको भनाइ थियो । भर्खरै मात्रै यो गिरोहका दुई सदस्य बैंगलुरुमा भएको अनि हवाई यात्रामार्फत नेपाल फर्कन खोजेको सूचना पाएको न्याग्दी प्रहरीले पाएका थिए ।
बैंगलुरुमा स्थानीय प्रहरी र सीआईएसएफ कर्मचारीको मद्दतले २४ वर्षका नवीन शाही र ३८ वर्षका नरबहादुर शाहीलाई हिरासतमा लिइएको देशमुखले भनेका छन् । यी दुईबाट आफूहरूले चार लाख भारु मूल्य पर्ने गरगहना फेला पारेको पनि उनले भनेका छन् ।
यो गिरोहले देशका विभिन्न स्थानमा धनाढ्यहरूलाई निशाना बनाउने गरेको देशमुखको भनाइ छ । सुरुमा यो गिरोहले गिरोहको कसैलाई घरेलु सहायकको रूपमा कुनै धनाढ्यको बङ्गलामा काम गर्न पठाउने अनि उनीहरूमार्फत घरमा भएका मूल्यवान सामानहरू चोर्ने गरेको पाइएको प्रहरीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’