‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान

काठमाडौँ । गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ले काठमाडौँको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ । यस अवसरमा ५१ औँ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन विशेष कार्यक्रम गर्दै सोमवार फिल्मका कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
कार्यक्रममा फिल्मका कलाकार पारस बम (कुलब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँ, केदार घिमिरे, पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान लगायत सहभागी थिए ।
कार्यक्रममा निर्देशक सशान कँडेलले शनिवार नै ५१औँ दिन पूरा गरे पनि विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा फिल्ममा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि सहभागी भएका थिए । उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो फिल्म नै सफल भएकोमा खुसी व्यक्त गर्दै, आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए ।
फिल्ममा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् ।
फिल्मका कार्यकारी निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड