चीनको एउटा कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...

बेइजिङ । चीनको एउटा कारखानाबाट आएको सीसीटीभी फुटेजले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ ।
यो फुटेजमा एक ह्युमनोइड रोबोटले आफ्नो नियन्त्रकहरूलाई आक्रमण गरिरहेको र आफूलाई साङ्लोबाट मुक्त गर्ने प्रयास गरिरहेको देख्न सकिन्छ । भिडियोमा रोबोटलाई सानो क्रेनमा बाँधिएको देखाइएको छ ।
अचानक रोबोट रिसाएर आफ्नो हात छिटोछिटो हल्लाउन थाल्छ । नजिकै बसेको व्यक्ति कम्प्युटरबाट उठेर केही पर निहुरिएर बस्छ । उसको पछाडि उभिरहेको अर्को मान्छे आत्तिएर पछि हट्छ ।
रोबोटले आफ्नो हात उठाउँछ र त्यसपछि बारम्बार थप्पड हान्छ, प्रक्रिया विस्तारै आक्रामक हुँदै जान्छ । ऊ अगाडि बढ्न खोज्छ, मानौं ऊ बन्धनबाट मुक्त हुन चाहन्छ । कम्प्युटरको मनिटर खस्छ अनि डेस्कमा भएका अन्य सामान चकनाचुर हुन्छन् । अन्त्मा एक व्यक्तिले क्रेन तानेर रोबोटलाई रोक्न खोज्छ । यो घटना मे १ को हो, र सामाजिक सञ्जालमा यो छिट्टै भाइरल बन्दै छ ।
यसअघि पनि भएका थिए यस्ता घटना
मार्चको सुरुमा स्पेनको बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसमा संसारको सबैभन्दा उन्नत मानबोइड रोबोट अमेकालाई ‘के रोबोटले हाम्रो जागिर खोस्ला ? सोधिएको थियो । ‘मलाई थाहा छैन, तिमी आफ्नो काम कति राम्रोसँग गर्छाै ? सायद, यो तिमी काममा कतिको राम्रो छौँ भन्नेमा निर्भर हुन्छ,’ तुरुन्तै उसले जवाफ दिएको थियो ।
रोबोटले संसार कब्जा गर्ला त भनेर सोधिएको प्रश्नमा चाँहि उसले यो एउटा रोचक प्रश्न भए पनि आफूलाई यसको उत्तर दिन मन नलागेको बताएको थियो । गएको वर्ष नोभेम्बरमा चीनमा एउटा फुच्चे रोबोटले १२ वटा ठुला रोबोटलाई भड्काएर शोरुम बाहिर लगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
चार वायुको सक्रियता कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा