भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, के भन्छ आयल निगम ?

काठमाडौँ । भारत–पाकिस्तान युद्धका कारण इन्धन अभाव हुने भन्दै भारतमा उपभोक्ताले इन्धनको खपत बढाएका छन् । खासगरी एलपी ग्यासका उपभोक्ताले ग्यास अभाव हुने भन्दै इन्धनको खपत बढाएका हुन् ।
बजारमा ग्यासको माग बढेर अभाव सुरु हुने अवस्था देखिएपछि इन्डियन आयल कर्पोरेसनले बजारमा ग्यासको कुनै अभाव नरहेको भन्दै निश्चिन्त हुन सार्वजनिक आह्वान नै गरेको छ । भारतमा हल्ला फैलिएसँगै नेपालमा पनि इन्धन अभाव हुने हो कि भन्ने आशंका छ । यद्यपि नेपाल आयल निगमले भने अभाव हुने अवस्था नरहेको जनाएको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट अहिलेसम्म सबै इन्धनको सहज आपूर्ति भइरहेको भन्दै र आईओसीले अहिलेसम्म केही नभनेको बताउँछन् । अहिलेसम्मको विश्लेषणका आधारमा पनि अभाव हुन्छ भन्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘अहिलेसम्म हामीलाई केही जानकारी आएको छैन, आपूर्ति नियमित नै छ । त्यसैले समस्या हुन्छ भन्ने पनि लाग्दैन,’ उनले भने ।
अहिले भारतको उत्तरी क्षेत्रमा एलपीजी ग्यास बोटलिङ प्लान्टमध्ये धेरैजसो आधा भन्दा राजस्थान तथा पञ्जाबमा रहेको र यो क्षेत्र पाकिस्तानसँग जोडिएको कारणले युद्धको प्रभाव पर्नसक्ने आधारमा अभावको हल्ला फैलिएको हो ।
नेपालमा आउने ग्यास भने धेरैजसो बिहारको बरौनी रिफाइनरीबाट आउँछ । त्यस्तै, पूवी क्षेत्रको लागि पश्चिम बंगालको हल्दिया पश्चिमी क्षेत्रका लागि उत्तर प्रदेशको मथुरा रिफाइनरीबाट ग्यास आउने गरेको छ । यी क्षेत्रहरु युद्ध प्रभावित क्षेत्र होइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष