प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह

काठमाडौँ । नेपाली समाज भारतले प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली समाज भारतले पाकिस्तान र भारतबिच तनावको स्थिती सिर्जना भएकाले प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
सम्भावित तनावपूर्ण परिस्थितिको पृष्ठभूमिमा, नेपाली समाज भारत, केन्द्रीय समिति सम्पूर्ण भारतभर रहेका तथा विशेषगरी सीमावर्ती क्षेत्रहरूमा बसोबास वा भ्रमणमा रहेका नेपालीहरूलाई सावधानी अपनाउन आग्रह गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘भारत सरकार, नेपाल सरकार तथा नेपाली दूतावास नयाँ दिल्लीबाट जारी हुने आधिकारिक सूचना तथा निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्नुहोला । भारत–पाकिस्तान सीमावर्ती क्षेत्रहरूतर्फ अनावश्यक यात्रा नगर्नुहोला ।’
संवेदनशील विषयमा टिप्पणी नगर्न समेत प्रवासी नेपालीहरूलाई नेपाली समाज भारतले भनेको छ । धर्म लगायतका विषयमा सामाजिक सञ्जाल वा सार्वजनिक स्थानहरूमा कुनै पनि किसिमको टिप्पणी गर्दा अत्यधिक सावधानी अपनाउन सुझाएको छ भने परिवारसँग सम्पर्कमा रहिरहन भनेको छ ।
कुनै आपतकालीन अवस्था उत्पन्न भएमा नेपाली राजदूतावास नयाँ दिल्ली, नेपाली समाज भारत केन्द्रीय कार्यालय ,राज्य कार्यालय, नेपाली समाज भारतको प्रतिनिधिसँग सम्पर्क गर्न समेत नेपाली समाज भारतले नेपाली प्रवासीहरूलाई आग्रह गरेको छ ।
सम्पूर्ण प्रवासी नेपाली समुदायलाई संयम, जिम्मेवारी र अनुशासनका साथ वर्तमान परिस्थितिमा व्यवहार गर्न नेपाली समाज भारतले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
चार वायुको सक्रियता कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
नेपालस्थित पाकिस्तानी दूतावासमा ‘यौम ए–तशकुर’ मनाइयो
-
सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना