बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

हृदयघातका कारण कन्नड अभिनेता राकेश पुजाराको निधन

सोमबार, २९ वैशाख २०८२, १६ : ३७
सोमबार, २९ वैशाख २०८२

नयाँ दिल्ली । कन्नड फिल्म कांतारा–२ का एक जुनियर कलाकारको नदीमा डुबेर मृत्यु भएको खबर आएको केही समयपछि अर्को दुखद खबर पनि आएको छ ।  फिल्मका अर्का अभिनेताको पनि मृत्यु भएको हो । कन्नड अभिनेता राकेश पुजाराको निधन भएको समाचारमा जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अनुसार राकेश पुजारा ३३ वर्षका थिए र उनको मृत्युको कारण हृदयघात बताइएको छ । 

इन्डिया टुडेको एउटा रिपोर्ट अनुसार, राकेश पुजारा सोमबार राति अचानक बेहोस भएर ढलेका थिए । त्यतिबेला उनी आफ्नो साथीको घरमा थिए । साथीसँग कुरा गर्दै गर्दा उनी अचानक बेहोस भए र लडे । यसपछि सबैले उनलाई तुरुन्तै अस्पताल लगियो । 

राकेशलाई अस्पताल पुर्‍याउँदा डाक्टरहरूले उनलाई मृत घोषित गरे । 

हालै राकेशले इन्स्टाग्राममा स्टोरीहरू शेयर गरेका थिए । एउटा तस्बिर मेहन्दी समारोहसँग सम्बन्धित थियो । अनि दोस्रो तस्बिरमा उनले आफ्नी बहिनीलाई जन्मदिनको शुभकामना दिएका थिए । 

यतिबेला धेरैको ध्यान इन्स्टाग्राममा राकेश पुजाराको बायोले पनि खिचिरहेको छ । बायोमा ‘मेरो लागि पनि जीवन धेरै छोटो छ’ भनेर लेखिएको छ । राकेशले ऋषभ शेट्टीको आगामी फिल्म कान्तारा च्याप्टर १ मा पनि भूमिका निर्वाह गरेका थिए । उनले मे ११ मा फिल्मको छायांकन पनि पूरा गरिसकेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप