बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो

आइतबार, १८ जेठ २०८२, १७ : ४९
आइतबार, १८ जेठ २०८२

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुख जेरेड इसाकम्यानलाई फिर्ता बोलाएका छन् । शनिबार ह्वाइट हाउसले नयाँ उम्मेदवारको घोषणा छिट्टै गरिने बताएको छ । 

राष्ट्रपति ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘नासाको प्रमुखका लागि जेरेड इसाकम्यानको मनोनयन फिर्ता लिएको छु । म चाँडै नै नयाँ मनोनीतको घोषणा गर्नेछु । नयाँ उम्मेदवार छिट्टै मिसनमा आबद्ध हुनुहुनेछ र अमेरिकालाई अन्तरिक्षको दोडमा पहिलो स्थानमा राखिरहन नेतृत्व गर्नुहुनेछ।’

गत वर्षको अन्त्यमा ट्रम्पले अर्बपति तथा निजी अन्तरिक्ष यात्री इसाकम्यानलाई नासाको प्रमुखको रूपमा मनोनित गरेका थिए । सिनेटको वाणिज्य, विज्ञान र यातायात समितिले अप्रिलको अन्त्यमा उनको नामाङ्कनलाई अनुमोदन गरेको थियो।

मस्कका निकट सहयोगी तथा उनको कम्पनी स्पेसएक्सका महत्वपूर्ण सेवाग्राही आइज्याकम्यानले कम्पनीबाट करोडौं डलरमा थुप्रै निजी अन्तरिक्ष उडान किनेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप