मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

विद्याले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्न लागेकी हुन् ?

शुक्रबार, १३ असार २०८२, १८ : ०४
शुक्रबार, १३ असार २०८२

काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औँ वार्षिकोत्सवका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले वृहत् कार्यक्रम गर्दै छ ।

भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसर पारेर फाउन्डेसनले राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।

विशिष्ट अतिथिमा भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहने छिन् । फाउन्डेसनका संरक्षकसमेत रहेका ओली सो कार्यक्रममा जाने नजाने निश्चित भैसकेको छैन किन भने ओली शनिबार नै  स्पेन जाने कार्यक्रम रहेको छ । फाउन्डेसनका अध्यक्ष महेन्द्र पाण्डे प्रधानमन्त्री ओली शनिबार साँझ ६ स्पेन प्रस्थान गर्ने भएकाले कार्यक्रममा सहभागी हुनसक्ने बताउँछन् । 

तर, यो भन्दा पनि चासोको विषय उक्त कार्यक्रममार्फत विद्या भण्डारीले आफू सक्रिय राजनीतिमा फर्केको घोषणा गर्लिन् वा मौन नै बस्लिन् भन्ने एमाले नेता कार्यकर्तामा जिज्ञासाको विषय बनेको छ । 

कतिपयले भण्डारीले शनिबार हुने कार्यक्रममार्फत सक्रिय राजनीतिमा फर्केको घोषणा गर्न सक्ने आकलन गरिरहेका छन् । यो चासो र जिज्ञासाबारे भण्डारी निकट मानिएका एमाले नेता कर्णबहादुर थापालाई रातोपाटीले के भण्डारी सक्रिय राजनीतिमा फर्कने घोषणाको तयारीमा लागेकी हुन् भनेर प्रश्न गरेको छ । तर थापाले यसबारे प्रस्ट जवाफ दिएनन् । ‘केही घोषणा त गर्नुहुन्छ । तर त्यो भोलि नै थाहा हुन्छ’, थापाको जवाफ छ ।

२०७२ कात्तिक ११ गते राष्ट्रपति निर्वाचित भएकी भण्डारी त्यसपछि २०७४ फागुन २९ मा दोस्रो पटक राष्ट्रपति बनेकी थिइन् ।

bidhya

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप