मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई जना पक्राउ
सारांश
- सुर्खेतमा मुद्दा मिलाइ दिन्छु भन्दै रकम असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा बर्दियाका कृष्णबहादुर थारु र सुर्खेतकी मुना चन्द रहेका छन्।
- उनीहरूले अभद्र व्यवहारको मुद्दा मिलाइदिने भन्दै ५० हजार रुपैयाँ असुली गरेका थिए।
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ भन्दै रकम असुली गरेको (अपराधिक लाभ) कसुरमा दुई जना पक्राउ परेका छन् ।
अभद्र व्यवहारको कसुरमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका प्रतिवादीलाई हिरासतमुक्त गराउन मुद्दा मिलाई दिन्छु भनि आरोपित व्यक्तिको परिवारबाट रु ५० हजार असुली गर्ने गेरुवा गाउँपालिका–३ शान्ति बजार बर्दियाका ४३ वर्षीय कृष्णबहादुर थारु र वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत ईन्द्रपुरकी ३४ वर्षीय मुना चन्दलाई प्रहरीले पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
थारु वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा डेरामा बस्दै आएका छन् । प्रहरी प्रमुख शाहीका अनुसार आरोपित थारु र चन्दले अभद्र व्यवहारका कसुरदारका परिवारलाई प्रहरी प्रशासन मिलाउनुपर्छ अन्यथा तपाईको मान्छे जेल जान सक्छन् भनि अपराधिक लाभ तथा असुली गर्ने उद्देश्यले रु ५० हजार मागेका थिए ।
दुवैले बेइमानीपूर्वक आर्थिक लाभ उठाइ आपराधिक लाभ लिएको कसुरमा सम्मानित अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण