मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भीम रावलको प्रश्न : नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ?

आइतबार, ११ साउन २०८२, ०९ : ४१
आइतबार, ११ साउन २०८२

सारांश

  • डा. भीम रावलले भारतसँगको सुपुर्दगी र कानुनी सहायता सम्झौतामा तेस्रो देशका नागरिक भारतलाई बुझाउनुपर्ने प्रावधानबारे प्रश्न गरेका छन्।
  • उनले नेपालका अदालतमा भारतीय कानुन व्यवसायीले बहस गर्न पाउने प्रावधानबारे पनि प्रश्न उठाएका छन्।
  • रावलले गृहमन्त्रीलाई संसदमा स्पष्ट पार्न र सांसदहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।

काठमाडौँ । वामपन्थी नेता तथा मातृभूमि जागरण अभियानका अभियन्ता डा भीम रावलले भारतसँगको सुपुर्दगी र कानुनी सहायता सम्झौतामा नेपालले अस्वीकार गर्दै आएको तेस्रो देशको नागरिक भारतलाई बुझाउनुपर्ने प्रावधान के भयो भनेर सरकारसँग प्रश्न गरेका छन् । 

सामाजिक सञ्जाल एक्समा आइतबार बिहान लेख्दै उनले नेपालका अदालतमा भारतीय कानुन व्यवसायीले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो भनेर समेत प्रश्न गरेका छन् । 

‘सरकारले हाल भारतसँग सुपुर्दगी र कानुनी सहायता सम्झौतामा नेपालले लामो समयदेखि अस्वीकार गर्दै आएको तेस्रो देशको नागरिक भारतलाई बुझाउनु पर्ने र नेपालका अदालतमा भारतीय कानुन व्यवसायीले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ?’, रावलले भनेका छन्, ‘गृहमन्त्रीले संसदमा स्पष्ट गर्नुपर्छ । सांसदले थाहा पाउनुपर्छ ।’

bhim

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप