फोटो फिचर
‘ड्रोन भ्यू’मा हेर्नुहोस् त्रिवि क्रिकेट मैदानको ताजा अवस्था
आइतबार, ११ साउन २०८२, १२ : ५९
सारांश
- त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट जडानको काम तिब्र गतिमा भइरहेको छ।
- ठेकेदारले हर्जाना तिर्नुपर्ने र नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने भएकाले काम छिटो भइरहेको हो।
- प्यारापिट बनाउन ४९ करोड २५ लाख र फ्लड लाइट जडान गर्न ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो।
काठमाडौँ । त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट जडान गर्ने कार्य तीव्र गतिमा हुन लागेको छ । ठेकेदार कम्पनीले हरेक दिन दुई लाखको हर्जाना भर्नु पर्ने भएका कारण काम केही रफ्तारमा हुन लागेको हो ।
त्रिवि क्रिकेट मैदानमा अहिले कुर्सी जडान भइरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले तीन महिना पछि नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजना त्यसै मैदानमा गर्ने भएका कारण पनि काम केही समय अघि सक्न लागेको हो । त्यस्तै अहिले फ्लड लाइटको काम पनि चलिरहेको छ।
क्रिकेट मैदानको प्यारापिट बनाउन ४९ करोड २५ लाखमा सम्झौता भएको थियो भने फ्लड लाइट जडान गर्नका लागि ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो । तस्बिर : क्यान







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण