शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक ‘झुक्याउने’ बस्ती, नेपालले सिक्न सक्छ ! (फोटोफिचर)

आइतबार, १० असार २०७५, १९ : ४१
आइतबार, १० असार २०७५

सिचुवान ।  मेई १२, २००८ मा चीनको छेन्दुबाट ८० किलोमिटर पश्चिम–उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर गएको ८ म्याग्निच्यूडको विनाशकारी भूकम्पले ७९ हजार बढीले अकालमै ज्यान गुमाए । 

सिचुवानका विभिन्न एक लाख १० हजार वर्गकिलोमिटर क्षेत्रफलमा हिट गरेको भूकम्पबाट घाइतेमात्रै ३ लाख बढी मानिस भए भने १८ हजार २२२ जना वेपत्ता नै भए । 

उक्त विनाशकारी भूकम्पले १ करोड ५ लाख जनसंख्यामध्ये ४८ लाख मानिस घरबारबिहिन बन्न पुगे  । 

१० वर्षअघि  यो क्षेत्रमा गएको भूकम्प अहिले एक इतिहास बनिसकेको छ । उक्त त्रासदी भूकम्पपछिको पुर्ननिर्माण गर्ने क्रममा चीनले कतिपय ऐतिहासिक महत्व बोकेको बस्तीहरुको जस्ताको तस्तै (पुरानै शैलीमा) गरेको छ । 

भूकम्प प्रभावित क्षेत्रमा रहेको प्राचिन राज्यका सम्पदा, सांस्कृति सम्पदा र धरोहर चीनले जस्ताको जस्तै कुनै स्वरुप नबिगारीकन पुननिर्माण सम्पन्न गरेको हो । यतिमात्रै होइन अहिले उक्त सम्पदा भूकम्प प्रतिरोधी पनि रहेका छन् । 

१० वर्षअघिको भूकम्पको इपिसेन्टर नजिकै पर्ने क्षेत्र हो–एन्सिएन्ट क्वाङ नेसनालिटी केस्टल ।  सिचुवानको म्याक्सियन काउन्टीमा प्राचिन क्वाङ राज्य रहेको थियो । निकै पुरातत्व महत्व बोकेको उक्त क्वाङ राज्यको दरबार भूकम्पले ध्वस्त भयो । 

तर अहिले चीनले उक्त सम्पदाको यसरी पुर्ननिर्माण गरेको छ कि यहाँ आइपुग्ने जो कोहि पर्यटकमा सयौं वर्ष पूरानो सम्पदा हो कि भन्ने पर्छ । तर सो सम्पदा चीनले पूरानै स्वरुपमा  सन् २००८ को भूकम्पपछिमात्रै निर्माण गरेको हो । 

आइतबार हामी यो क्षेत्रमा  आइपुग्दा निकै पूराना शैलीका घर र दरबारहरु देख्दा वर्षौ पूरानो हो कि भन्नेमा परेका थियौं । तर, स्थानीयले केहि वर्षअघिमात्रै यो पुरानै शैलीमा  निर्माण सम्पन्न गरिएको जानकारी दिएपछिमात्रै स्पष्ट भएका थियौं । 


प्राचिन क्वाङ राज्यका बस्तीहरु पुरानै स्वरुपमा निर्माण गरिएको छ । बुद्धिस्ट संस्कृतिसँग मिल्दोजुल्दो रहेको क्वाङ समूदायको मुख्य पेशा  विगतमा निर्वाहमूखी कृषि रहेकोमा पछिल्लो समय सिचुवान प्रान्त सरकारको विशेष पहलमा व्यावसायिक रुप दिइएको छ ।  

४ लाखको हाराहारीमा रहेको सो समूदायका लागि विशेष विद्यालय र आधुनिक शिक्षा समेत दिइएको छ ।  भूकम्पले प्रभावित सो समूदाय  अहिले पूर्णरुपमा तंग्रिमात्रै सकेका छैनन् आफ्नो मौलिक संस्कृति देखाएर पर्याप्त आर्थिक उपार्जन गर्न सक्ने हैसियतका पनि भइसकेका छन् । 

चीनले क्वाङ समूदायको बासस्थान रहेको माओक्सियन काउन्टिलाई पूरानै स्वरुपमा निर्माण गरेसँगै यो क्षेत्र पछिल्लो समय पर्यटकको आकर्षकको केन्द्र समेत बन्न सफल भएको छ । 


 विसं २०७२ सालमा गएको भूकम्पका कारण काठमाडौंसहित विभिन्न प्रभावित जिल्लामा ध्वस्त बनेका  मौलिक र ऐतिहासिक सम्पदा पुर्ननिर्माणका क्रममा नेपालले चीनको यो मेडल अनुसरण गर्न सक्छ । 

रानीपोखरीसहित कतिपय धरोहरको मौलिक पहिचान मेटिने गरी पुर्ननिर्माण गर्न लागिएको भन्दै विवाद देखिन थालिसकेको अवस्थामा चीनको यो मोडल उदाहरणीय बन्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप