मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँमा अपराधको ग्राफ ०.३३ प्रतिशतले वृद्धि

बुधबार, २८ साउन २०८२, १६ : ३३
बुधबार, २८ साउन २०८२

सारांश

  • काठमाडौंमा अपराधको ग्राफ बढेको छ, एसएसपी विश्व अधिकारीले जानकारी दिए।
  • आर्थिक वर्ष २०८१/०८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.३३ प्रतिशतले अपराध बढेको छ।
  • प्रहरीका अनुसार आर्थिक अपराध बढेको छ, तर परम्परागत अपराध घटेको छ।

काठमाडौँ । काठमाडौँमा अपराधकाे ग्राफ बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ०.३३ प्रतिशतले अपराध बढेको काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।

बुधवार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले भने– ‘परम्परागत अपराध बढेको छैन,आर्थिक अपराध बढेको छ ।’

२०८१ साउनबाट २०८२ असार मसान्तसम्मा काठमाडौँ जिल्लामा १२ हजार ९१५ मुद्दा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १२ हजार ८७२ अपराधका घटना दर्ता भएका थिए । दुई वर्षको तुलना गर्दा दशमलव ३३ प्रतिशत अपराध वृद्धि भएको प्रहरीको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप