मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

वीरगन्ज महानगरका पूर्वमेयर सुवेदी राप्रपामा प्रवेश

बुधबार, ०४ भदौ २०८२, १२ : ३०
बुधबार, ०४ भदौ २०८२

सारांश

  • वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश गरेका छन्।
  • राप्रपाका नेता दीपकबहादुर सिंहले सुवेदीलाई पार्टी सदस्यता प्रदान गरे।
  • सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्ने बताए।

वीरगन्ज। वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश गरेका छन् ।  राप्रपाका कार्यसम्पादन समिति सदस्य, सांसद दीपकबहादुर सिंहले वीरगन्जमा आयोजित विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् । 

लामो समय तत्कालीन राप्रपा नेपालमा सक्रिय सुवेदी पछिल्लो समय पार्टीगत रूपमा निष्क्रिय रहँदै आएका थिए । केन्द्रीय पर्यवेक्षकका रूपमा पर्सामा खटिएका नेता सिंहले वीरगन्जमा आयोजित जिल्लाको विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टी प्रवेश गराएका हुन् । 

पार्टी प्रवेशपछि सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना र देशको विद्यमान अवस्थामा परिवर्तन गर्न राप्रपालाई बलियो बनाउनुपर्ने बताए । उनले राप्रपालाई बलियो बनाउन समान विचार भएकाहरु सङ्गठित हुनुपर्ने आवश्यकता बोध गर्दै आफू राप्रपामा समाहित भएको समेत बताए । 

‘छिन्नभिन्न भएका देशभक्त राष्ट्रवादीहरू अलग अलग भएर हुँदैन, राप्रपालाई सबल, सक्षम र अग्रणी शक्तिको रूपमा स्थापित गर्नुपर्छ’ सुवेदीले भने ।

विस्तारित बैठकले पर्साका सबै स्थानीय तहमा पार्टीको संरचना विस्तार गर्ने, कमिटी नभएका ठाउँमा कमिटी बनाउने, निष्क्रिय रहेका कमिटीलाई सक्रिय तुल्याउने र समयमै स्थानीय तह, प्रदेशसभा समिति, क्षेत्रीय समिति र जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप