मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

विजय र वर्षाले सुरु गरे ‘मालती मंगले’को वकर्सप

आइतबार, ०८ भदौ २०८२, १६ : ३६
आइतबार, ०८ भदौ २०८२

काठमाडौँ । भदौको दोस्रो साताबाट छायांकनमा निस्कने फिल्म ‘मालती मंगले’ वर्कसपमा जुटेको छ ।

फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू वर्कसपमा जुटेका हुन् । 

वर्कसपले फिल्मको पात्रलाई अझै नजिकबाट बुझ्न ठुलो मद्दत पुग्ने अभिनेता विजय बरालले बताए । वर्कसपसहित कलाकार छायांकनमा निस्कँदा निर्माण युनिटलाई सजिलो हुने छायांकनको दिनसमेत घट्ने उनको भनाइ छ । 

अभिनेत्री वर्षा राउतले वर्कसपमा आफूलाई पात्रमा ढाल्ने अवसर मिल्ने बताइन् । 

‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गर्न लागेका हुन् । फिल्मको छायांकन तनहुँ र स्याङ्जाका विभिन्न स्थानमा हुने छ । फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् । 

रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्मका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन् । सहनिर्माता रविन श्रेष्ठ र बाबु सुवेदी रहेको फिल्ममा हरि लम्साल, राजनराज सिवाकोटी, उज्वल सागरको संगीत रहनेछ । ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा बन्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप