बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

शुक्लाको सभापतित्वमा राज्य व्यवस्था तथा सुशासन समिति बैठक जारी

बुधबार, ११ भदौ २०८२, १५ : ४१
बुधबार, ११ भदौ २०८२

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति बैठक लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा जारी छ ।

समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको र नयाँ सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ नलिएकाले ज्येष्ठ सदस्य शुक्लाको नेतृत्वमा बुधबार समिति बैठक बसिरहेको हो । 

२७ सदस्यीय समितिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ज्येष्ठ सदस्य हुन् । तर केसी उपस्थित नभएकाले दोस्रो ज्येष्ठ सदस्य शुक्लको नेतृत्वमा बैठक बसेको हो । 

सङ्घीय संसद् सचिवालयले बुधबारका लागि समिति सभापति चयन गर्ने मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो । तर मंगलबार सभापतिमा मनोनयन दर्ता गर्दा कांग्रेस सांसद न्यौपानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भइन् । 

न्यौपानेको शपथ दिउँसो ४ बजेका लागि तोकिएको छ । आजको बैठकमा खासै एजेण्डा नभएका सदस्यहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप