मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहले गर्यो वडा कार्यलयमा आगजनी

आइतबार, १७ असार २०७५, ११ : ४७
आइतबार, १७ असार २०७५

बिष्णुकुमार अाले

अर्घाखाँची -गएराती शितगंगा नगरपालिका ९ लामिदमारमा रहेको वडा कार्यालयमा  अज्ञात समुहले आगजनी गरेको छ ।  

करिब राती ११-४५ वजे  अज्ञात समुहले आगजनी गरेको वडा सदस्य खुम बहादुर लुईचेले जानकारी दिए । 

स्थानीयले तीन जनाको समूहमा आएकाले वडा कार्यालयमा आगजनी गरेको बताएका छन् ।

आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको कार्यालय सहयोगी सन्देश घर्तीले जानकारी दिए । 

प्रहरी टोली पुगेर घटनाको मुचुल्का गर्ने काम भैरहेको बताईएको छ । घटनाको कुनै समुहले अहिलेसम्म  जिम्मा लिएको छैन । 

घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप