बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बुधबार, १५ असोज २०८२, १० : ३४
बुधबार, १५ असोज २०८२

सारांश

  • जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोखरा जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते भएका २२ वर्षीय निसान वलीको उपचारका क्रममा बाटोमै मृत्यु भएको हो।
  • दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार भइरहेको छ, जसमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई आठबिसकोट पठाइएको छ।

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

आज बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा  नलगाड नगरपालिका–५ बाट पोख्राका २२ वर्षीय निसान वलीको उपचार मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) वसन्त कुमार शर्माले जानकारी दिए । 

दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् ।  घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप