बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

पुर्चौडीका नगर प्रमुखका छोराको स्कुटर दुर्घटनामा परी मृत्यु

बुधबार, १५ असोज २०८२, २२ : १८
बुधबार, १५ असोज २०८२

सारांश

  • बैतडीको पुर्चौडी नगरपालिका प्रमुखका छोरा प्रान्जल बमको कैलालीमा स्कुटर दुर्घटनामा मृत्यु भएको छ।
  • दुर्घटना धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सिमानामा भएको थियो।
  • घाइते सरोज बमको उपचार भइरहेको छ।

धनगढी । बैतडीको पुर्चौडी नगरपालिका प्रमुख दिपक बहादुर बमका कान्छा छोरा प्रान्जल बमको कैलालीमा स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटना गए राति धनगढी उपमहानगरपालिका-१३ र गोदावरी नगरपालिकाको सिमानामा भएको हो । पुर्चौडी नगरपालिका-८ निवासी २४ वर्षीय प्रान्जल बमले चलाइरहेको सुदूरपश्चिम प्रदेश ०१-०११ प ४४७३ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बमलाई तत्काल धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका लागि लगिएको थियो तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । स्कुटरको पछाडि सवार २६ वर्षीय सरोज बम घाइते भएका छन् र हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप