अपडेट
पाँचथरमा भएको दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना गम्भीर घाइते
शनिबार, १८ असोज २०८२, १४ : २६
सारांश
- पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ६ जना यात्रु गम्भीर घाइते भएका छन्।
- दुर्घटना कुम्मायक गाउँपालिकामा भएको थियो, जसमा एउटा पिकअप भ्यान ५०० मिटर तल खसेको थियो।
काठमाडौँ । पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । यस्तै घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डिएसपी अनिशकुमार कर्णले जानकारी दिए ।
शनिबार मध्याह्न तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा बलेरो गाडी दुर्घटना भएको थियो । मे १ ज ३०५५ नम्बरकाे बलेरो सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण