मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

३१ औँ दिनमा सकियो ‘मालती मंगले’को छायाङ्कन

आइतबार, १९ असोज २०८२, ११ : ०१
आइतबार, १९ असोज २०८२

सारांश

  • फिल्म 'मालती मंगले' को छायाङ्कन ३१ दिनमा सकिएको छ।
  • फिल्मको छायाङ्कन तनहुँ र स्याङ्जामा भएको थियो।
  • रामकृष्ण ढकाल निर्माता रहेको फिल्म पारिवारिक प्रेमकथामा आधारित छ।

काठमाडौँ । फिल्म ‘मालती मंगले’को छायाङ्कन सकिएको छ । नियमित ३१औँ दिनको छायाङ्कनपछि फिल्म सकिएको हो । कार्यकारी निर्माता सागर ज्ञवालीले फिल्म तनहुँ र स्याङ्जामा छायाङ्कन भएको जानकारी दिए ।

लोकप्रिय गायक रामकृष्ण ढकाल निर्माता रहेको फिल्म रानी म्युजिक इन्टरनेशनल प्रा.लिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा बनेको हो । सह–निर्माता बाबु सुवेदी, रविन श्रेष्ठ, बेदना कर्माचार्य श्रेष्ठ र स्विकृति बस्नेत रहेका छन् । 

पारिवारिक प्रेमकथामा बनेको फिल्म प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । कथा स्वयं पाण्डेयकै रहेको फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल मुख्य भूमिकामा छन् भने सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायत कलाकारको अभिनय छ ।

हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरको सङ्गीत रहेको फिल्ममा छायाङ्कन लगतै पोष्टप्रोडक्सनमा जुटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप