बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना, दुलहा–दुलहीसहित १२ जना घाइते

दुई जनाको अवस्था गम्भीर
बिहीबार, २३ असोज २०८२, १८ : २४
बिहीबार, २३ असोज २०८२

सुर्खेत । सल्यानको शारदा नगरपालिका–९ ज्वालापुरमा बिहीबार साँझ जन्ती बोकेको जिप दुर्घटना भएको छ । बिहीबार बेलुका साढे ५ बजेतिर उक्त जिप दुर्घटना  हुँदा दुलहा–दुलहीसहित १२ जना घाइते भएका छन् ।

दुई जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले रातोपाटीलाई बताए ।

उनका अनुसार, शारदा नगरपालिका—१० भागाचौरबाट वडा नम्बर ९ थापाचौरतर्फ विवाहको लागि जन्ती बोकेर जाँदै गर्दा जिप दुर्घटनामा परेको हो ।ु
जिप चालक सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१२ बस्ने वर्ष करिब २६/२७ का हरि बहादुर बुढा दुर्घटनालगत्तै फरार भएका छन् ।
उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
स्थानीयले टेलिफोनमार्फत दुर्घटनाको जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक हेम बहादुर केसीको कमाण्डमा ट्राफिकसहित ११ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

घाइतेहरूको विवरण

१. शारदा न.पा. १० भागाचौर बस्ने वर्ष करिब ६० की गुमी कवरको टाउको, छाती र ढाडमा गम्भीर चोट ।
२. शारदा न.पा. १० भागाचौर बस्ने वर्ष करिब १४ की सोभा कवरको पेट, कम्मर र दायाँ खुट्टामा गम्भीर चोट।
अवस्था मध्यमः
३. शारदा न.पा. १० भागाचौर बस्ने वर्ष करिब १४ की हरिकला कवरको दाहिने खुट्टा भाँचिएको।
४. शारदा न.पा. १० भागाचौर बस्ने वर्ष करिब २० की कमला गिरी (दुलही) को नाक, पेट र ढाडमा चोट।
अवस्था सामान्यः
५. शारदा न.पा. १० भागाचौर बस्ने वर्ष करिब १८ का प्रबिन कवरको बायाँ हातमा चोट।
६. शारदा न.पा. १० भागाचौर बस्ने वर्ष करिब १४ की रेनुका कवरको दायाँ हातमा भित्री चोट।
७. शारदा न.पा. १० भागाचौर बस्ने वर्ष करिब १७ का हेमराज कवरको ढाडमा चोट।
८. शारदा न.पा. १० भागाचौर बस्ने वर्ष करिब २६ की कुमारी बुढाथोकीको छातीमा चोट।
९. शारदा न.पा. ९ बस्ने वर्ष करिब ४२ की प्रमिला गिरीको टाउको, घाटीमा चोट।
१०. शारदा न.पा. ९ बस्ने वर्ष करिब २४ का चेतराम गिरी (दुलाह) को पेटमा चोट।
११. शारदा न.पा. ९ बस्ने वर्ष करिब १५ की बिमला गिरीको बायाँ खुट्टामा चोट।
१२. शारदा न.पा. ९ बस्ने वर्ष करिब ३३ का रुपराल गिरीको टाउकोमा चोट।

घाइतेहरूलाई थप उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप