बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

हिमपातले हुम्लाको न्यालु सडक बन्द

शुक्रबार, २४ असोज २०८२, ०७ : ४४
शुक्रबार, २४ असोज २०८२

सारांश

  • अविरल हिमपातले गर्दा हुम्लाको न्यालु सडक अवरुद्ध भएको छ।
  • न्यालु सडक अवरुद्ध भएपछि लिमी उपत्यका जाने आन्तरिक पर्यटक अलपत्र परेका छन्।
  • हिमपातले गर्दा स्थानीय बासिन्दालाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ।

हुम्ला । अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । 
 
सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन चार दिन  लाग्ने उनले बताए । 

समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप