बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

हुम्ला जीप दुर्घटना अपडेट : १२ जना घाइते, ३ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

७ जना गम्भीर घाइते
शुक्रबार, २४ असोज २०८२, १५ : ०५
शुक्रबार, २४ असोज २०८२

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकामा शुक्रबार भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरू सबैको पहिचान पनि खुलिसकेको छ ।

घाइतेमध्ये गम्भीर ३ जनाकोलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले रातोपाटीलाई जानकारी दिए ।

अन्य घाइतेहरूको मेल्छामस्थित बर्थिङ सेन्टरमा उपचार भइरहेको उनको भनाइ छ ।

शुक्रबार बिहान करिब ११ बजेको समयमा चंखेली गाउँपालिका–४, बेशी खोलास्थित भित्री सडक खण्डमा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको डबल क्याप जी दुर्घटना भएको हो ।

मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको उक्त जीप सडकबाट करिब ३०० मिटर तल खसेको उनले बताए ।जीप चालक चंखेली गाउँपालिका–६ मेल्छाम बस्ने २० वर्षीय बहादुर लामा आफैँ जिप चलाइरहेका थिए ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेल्छामबाट प्र.स.नि. प्रकाश बहादुर सिंहको कमाण्डमा ५ जनाको टोली घटना स्थलमा पुगी उद्धार कार्य सुरु गरेको थियो ।

प्रहरीका अनुसार, घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर, ३ जनाको मध्यम र २ जनाको अवस्था सामान्य रहेको छ ।

घाइते हुनेहरूको नामावलीः

१. हुम्ला चंखेली गाउँपालिका—६ बस्ने १४ वर्षीया बिमला बुढा (हात, ढाड र टाउकोमा चोट, अवस्था मध्यम, बोल्न सक्ने)

२. सोही स्थानका २ वर्षीय देवाङ्स बुढा (बाहिरी चोट नदेखिएको, अवस्था गम्भीर)

३. सिमकोट गाउँपालिका—८ स्याडा बस्ने ४ वर्षीया जागृती रोकाया (दाहिने खुट्टा, कम्मर र टाउकोमा चोट, अवस्था गम्भीर),

४. सोही स्थानका २८/२९ वर्षीय मनबिर बुढा (बाहिरी चोट नदेखिएको, अवस्था गम्भीर),

५. सोही स्थानकी २६ वर्षीया पार्वती सिराहा (बाहिरी चोट नदेखिएको, अवस्था गम्भीर),

६. सोही स्थानका २४ वर्षीय हँस लामा (बाहिरी चोट नदेखिएको, अवस्था गम्भीर),

७. सोही स्थानका २८/२९ वर्षीय कैलाश सिराहा (दाहिने खुट्टा र टाउकोमा चोट, अवस्था मध्यम, बोल्न सक्ने),

८. जीप चालक सोही स्थानका १९ वर्षीय बहादुर लामा (दाहिने खुट्टामा चोट, अवस्था मध्यम, बोल्न सक्ने),

९.सिमकोट गाउँपालिका—८ स्यांडा बस्ने ३६ वर्षीय महेन्द्र रोकाया (कम्मरमा चोट, अवस्था गम्भीर),

१०. चंखेली गाउँपालिका—६ बस्ने ७/८ वर्षीया अनुपमा रोकाया (टाउकोमा चोट, अवस्था सामान्य),

११. सोही पालिकाको वडा नम्बर ८ स्यांडा बस्ने ३६ वर्षीय महेन्द्र रोकायाकी श्रीमती २८/२९ वर्षीया बसन्ती रोकाया (टाउको र खुट्टामा चोट, अवस्था गम्भीर),

१२. चंखेली गाउँपालिका—६ बस्ने २४ वर्षीय दिपेन्द्र सिंह (बाँया खुट्टा र छातिमा चोट, अवस्था सामान्य) रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप