बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

शुक्रबार, २४ असोज २०८२, २२ : ३६
शुक्रबार, २४ असोज २०८२

सारांश

  • शिवसताक्षी नगरपालिका-१ मा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा बिर्तामोड-५ निवासी अन्दाजी २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो।
  • दुर्घटनामा घाइते भएका सिन्धुपाल्चोकका सीताराम पराजुली र मोरङका सुरज कार्कीको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

सुरुङ्गा । यहाँको शिवसताक्षी नगरपालिका–१ मा मन्दिर टोलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलकाअनुसार सो दुर्घटनामा बिर्तामोड–५ निवासी  अन्दाजी २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो ।

पाराबारीबाट धरमपुर चोकतर्फ आउँदै गरेको प्र।१–०१–०१६ प ९३५८ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा परी सोही स्कुटी पछाडि सवार सिन्धुपाल्चोक चिम्लिङबेसी–४ निवासी ३४ वर्षीय सीताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ निवासी अन्दाजी  वर्ष–३१ का सुरज कार्की गम्भीर घाइते भएका छन् । उनीहरूको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप