मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कपनमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

आइतबार, २६ असोज २०८२, ११ : ००
आइतबार, २६ असोज २०८२

सारांश

  • काठमाडौँको कपनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।
  • दुर्घटनामा सोलुखुम्बु घर भएका २५ वर्षीय पासाङ मिङ्मा शेर्पाको मृत्यु भएको हो।
  • मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए।

काठमाडौँ । काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडक खण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले  जानकारी दिए ।

उनले भने, ‘गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप