मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

सोमबार, २७ असोज २०८२, १४ : ४९
सोमबार, २७ असोज २०८२

कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

आइतबार बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिका-३ अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा बर्दगोरिया-४ का ६४ वर्षीय दानबहादुर साउद, ३७ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार दुर्घटनामा १२ जना घाइते छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप