बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

उदयपुरमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

सोमबार, ०३ कात्तिक २०८२, १२ : ५५
सोमबार, ०३ कात्तिक २०८२

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ ककुर खोलाको पुल नजिक गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार कटारीबाट सिन्धुली तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल राति करिब १०:२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा कटारी नगरपालिका–४ तल्लो कटारीका १६ वर्षीय सम्राट खड्का र सोही वडाको सिम्ले बस्ने १८ वर्षीय राजमणी कटवाल गम्भीर घाइते भएका थिए। दुवैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल कटारीमा लगिएकोमा सम्राट खड्काको उपचारको क्रममा कात्तिक ३ गते बिहान १२:१८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

दुर्घटनामा घाइते भएका राजमणी कटवाललाई प्रादेशिक अस्पताल कटारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ। प्रहरीले उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप