बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु
सोमबार, ०३ कात्तिक २०८२, १४ : ०८
सारांश
- बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा कपिलवस्तुका ३५ वर्षीय दिनेश यादव रहेका छन्।
- प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ।
बुटवल । बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवल बसपार्कबाट निस्किने क्रममा लु २ ख ४०९७ नम्बरको बसको ठक्करबाट पैदलयात्री कपिलवस्तुको विजयनगर गाउँपालिका–७, बडसुदुवा निवासी ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको हो ।
यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ। ठक्कर दिने चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
बसले ठक्कर दिएपछि यादवलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बुटवलमा पेन्टिङको काम गर्दै आएका यादवलाई तिहारको बिदामा घर जान बसपार्कतर्फ जाँदै गर्दा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण