मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रबार, ०७ कात्तिक २०८२, ०९ : ४७
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
  • दुर्घटनामा ८४ वर्षीया वृद्धा ईन्द्रकुमारी स्याङ्तानको मृत्यु भएको हो।
  • प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, निर्मलबस्तिमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले ठक्करबाट गम्भीर घाइते भएकी स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका छन्।

प्रहरीले ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप