तनहुँमा भाइटिकाका दिन आठ दुर्घटना : २५ जना घाइते
सारांश
- तनहुँमा भएका विभिन्न आठ छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन्, जसमा बस, मोटरसाइकल र स्कुटर दुर्घटना समावेश छन्।
- म्याग्दे गाउँपालिकामा भएको बस दुर्घटनामा १२ जना घाइते भए, भने अन्य दुर्घटनामा मोटरसाइकल र स्कुटर चालक तथा पैदलयात्रीहरू घाइते भएका छन्।
- घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको छ, जसमा दमौलीस्थित प्रदेश अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र छन्।
तनहुँ । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् । भाइटिकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा भएको बस दुर्घटनामा १२ जना घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३०१ नम्बरको बस दुर्घटना भएको थियो ।
घाइते हुनेमा पोखरा महानगरपालिका–३२ बस्ने ४० वर्षीय रमेश आचार्य, तनहुँको म्याग्दे गाउँपालिका–१ बस्ने ६७ वर्षीय रनबहादुर थापा, सोही ठाउँ बस्ने मोतीबहादुर थापा, ९० वर्षीय पशुपतिनाथ घिमिरे, २२ वर्षीया अस्मिता शाही, ६९ वर्षीय पदमबहादुर दर्लामी, ऋषिङ गाउँपालिका–२ बस्ने ५० वर्षीय नरबहादुर माकिम, घिरिङ गाउँपालिका–३ बस्ने ५२ वर्षीय ऋषिराम थापा, १५ वर्षीया कञ्चन थापा, ४६ वर्षीय देउबहादुर थापा, २७ वर्षीया सुमित्रा थापा, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने ५० वर्षीय सूर्यकला आचार्य रहेका छन् ।
घाइते सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
डुम्रेबाट दमौली आउँदै गरेको ग ५ प ७९०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आँबुखैरेनी गाउँपालिका–४ बस्ने ३३ वर्षीय आशिष गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा प्र ०२–०५७ प २६९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग ९ प ७९१८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बा प्र ०२–०५७ प २६९२ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक बारबिसे गाउँपालिका–६ बस्ने २८ वर्षीय सुनिल श्रेष्ठ र सवार २८ वर्षीय कमल श्रेष्ठ घाइते भएका छन् । उनको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
यस्तै, आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २१ प ३०७६ नम्बरको स्कुटर सडक छेउको पोलमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक गोरखा नगरपालिका–४ बस्ने २६ वर्षीय राजकुमार दरै र ६० वर्षीया सुकमाया दरै रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा पोखराबाट दमौली आउँदै गरेको ग २ च ७९७१ नम्बरको कारको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका–३ कवासे बस्ने ३० वर्षीय अप्सरा श्रेष्ठ र ११ वर्षीय समिर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिका–१ एक्लेफाँटमा डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०२–०५८ प.२९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम परियार घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी भीमाद नगरपालिका–५ ऋषिङपाटनस्थित भीमादबाट ऋषिङपाटन जाने भित्री सडकखण्डमा भीमादबाट ऋषिङ पाटनतर्फ जाँदै गरेको ग८ प १७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय अमृत परियार घाइते भएको प्रहरीले जनाएको छ ।
बन्दीपुर गाउँपालिका–१ पिप्लेमा म।प्र।०३–०४०प १६४१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुरेशकुमार राई र ३० वर्षीया सोनाम थापा घाइते भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण