ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार, ०९ कात्तिक २०८२, १४ : १६
काठमाडौँ । ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिवार राति दुर्घटनामा परेकी ५० वर्षीया मैया महर्जनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
गोदावरी नगरपालिका–१४ हाडेगाउँ घर भएकी महर्जनलाई टौखेलबाट सातदोबाटो तर्फ जाँदै गरेको बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक तनहुँ घर भएका २२ वर्षीय सुमित परियारलाई प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको छ ।मोटरसाइकल पछाडि सवार २३ वर्षीय मनदिप पराजुली घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण