मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाल्पा दुर्घटना अपडेट : मृतकहरूकाे सनाखत

बुधबार, १२ कात्तिक २०८२, १७ : ५९
बुधबार, १२ कात्तिक २०८२

बुटवल । पाल्पाको रैनादेवी छहरामा बुधबार दिउँसो भएको इभी दुर्घटनामा मृत्यु भएका तिनै जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी इभीका चालक रैनादेवी छहरा–४, अमलावासका ३१ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा–१, सिद्धेश्वर घर भई छहरा अमलावास बस्ने मुक्तबहादुर बुढाथोकी र रैनादेवी छहरा–४, छहरा मेहलढापका रामबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको दुर्घटनाग्रस्त इभी गाडीमा चालकसमेत तीन जना रहेको छहराका स्थानीयले रहेका छन् ।

बुटवलबाट पाल्पा सदरमुकाम तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जाने क्रममा उक्त इभी रैनादेवी छहरा–४, छहरा बोखर नजिकै दुर्घटनामा हुँदा सडकदेखि तल खोल्सामा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले दुर्घटनाको कारण अझैसम्म नखुलेको र घटनाबारे थप अनुसन्धान सुरु भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप