ओलीले माओवादीमा जान नचाहने नेकपा एसका नेताहरूलाई ढोक्सो थापे : भीम रावल
काठमाडौँ । नेकपा एमालेबाट निकालिएका भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रमा जान नचाहेका नेताहरूलाई ढोक्सो थापेको बताएका छन् ।
शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले विगतमा एमाले निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका थिए । रावलले सामाजिक सञ्जालबाटै त्यसको प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
शब्दजाल र भ्रम फिँजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल बाहेक ओलीको भनाइमा कुनै सार्थकता नभएकाे रावलले बताए ।
'एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि ओलीले एमाले छोडेर जहाँसुकै गएका भएपनि फर्किन सामाजिक सञ्जालमा आग्रह गरेको देखियो,'रावलले भने,'साँच्चिकै अहिलेको विषम स्थितिमा जबज अनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले एक वर्ष अगाडि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृत सदस्यतामा लगाइएको रोक हटेको कुरा गरिनुपर्थ्यो। विगतमा भएका गल्ती कमीहरूका साथै भदौ २३ र २४ गते को अकल्पनीय घटनामा राष्ट्रले ब्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण