तेलङ्गनाको रंगारेड्डीमा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु
सोमबार, १७ कात्तिक २०८२, ११ : २५
सारांश
- तेलङ्गनाको रंगारेड्डीमा बस र डम्पर ठोक्किँदा २० जनाको मृत्यु भएको छ।
- दुर्घटनामा २० जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर छ।
- बस तन्दुरबाट हैदराबाद जाँदै थियो, जसमा अधिकांश कलेजका विद्यार्थी सवार थिए।
नयाँ दिल्ली । भारतको तेलङ्गना राज्यको रंगारेड्डीमा बस र डम्पर ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।
सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै दुर्घटना भएको थियो । गिट्टी बोकेर गइरहेको डम्परले बसलाई ठक्कर दिएको थियो । ठक्कर यति जोडको थियो कि डम्परमा भएको गिट्टी बसका यात्रीमाथि खस्यो ।
घटनामा अरू २० जना घाइते भएको र ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बस तन्दुरबाट हैदराबाद गइरहेको थियो । घटनाको समयमा बसमा ७० जनाभन्दा धेरै यात्री सवार थिए ।
यी मध्ये अधिकांश कलेजका विद्यार्थी भएको बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार डम्पर तेलङ्गना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसीको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण