सुर्खेतमा १५ ग्राम ब्राउनसुगरसहित तीन पक्राउ, १ लाख नगद र अन्य सामग्री बरामद
सुर्खेत । सुर्खेत प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
सोमबार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानबाट १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, नगद रु १ लाख १ हजार ३३० र अन्य सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, गएराति वीरेन्द्रनगर नगरपालिका–५ घर भई वडा नम्बर ८ स्थित बिसाउने चौतारी क्याफे सञ्चालन गर्ने २८ वर्षीय हिमाल आलेलाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको होटलको शौचालयको भेन्टिलेसनमा लुकाइएको शुद्ध ११ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।
थप अनुसन्धानका क्रममा सोही घटनामा संलग्न वडा नम्बर ४ मुलपानी बस्ने २६ वर्षीय सरोज ढकाललाई पनि पक्राउ गरिएको थियो । उनको शरीर खानतलासी गर्दा ०.३६ मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी सोमबार नै वीरेन्द्रनगर नगरपालिका–१, मा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले ४७ वर्षीय म गुरुङलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।
उनको शरीर खानतलासी गर्दा शुद्ध ३.१८६० ग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए ।
उनका अनुसार प्रहरीले तीन जनाबाट कुल १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, नेपाली दरका विभिन्न नोटहरू १ लाख १ हजार ३३० रुपैयाँ, २ थान कैँची र १ थान प्लाष्टिकको टुक्रा बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको बुढ्थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण