सुर्खेतमा ट्राफिक प्रहरी : राजधानीको सडकका खाल्डाखुल्डी आफैँ पुर्दै
मङ्गलबार, १८ कात्तिक २०८२, १४ : ४१
सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरमा ट्राफिक प्रहरी आफैले सडक मर्मत गरेको छ ।
मंगलबार जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहित कुमार शाहीको कमाण्डमा खटिएको १० जनाको टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ स्थित कालिन्चोकदेखि ईत्राल खोला पुलसम्मको सडक खण्डमा रहेका खाल्डाखुल्डीहरू पुरेको हो ।
उक्त सडक पुरानो र जीर्ण बन्दै गएको थियो । यस कार्यले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने र आवागमन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण