कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा १५ जना घाइते, ५ जनाको अवस्था गम्भीर
शुक्रबार, २१ कात्तिक २०८२, १७ : ४१
सुर्खेत । दैलेखको आठबिस नगरपालिकामा भएको सवारी दुर्घटनामा १५ जना घाइते भएका छन्। शुक्रबार अपराह्न वडा नम्बर ८ सेरास्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो।
कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज १०५६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो ।
दुर्घटनामा परेर ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइतेसहित ११ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ भने चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
गाडीमा १६ जना सवार थिए। सवारी चालक फरार रहेको उनको खोजीकार्य भइरहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण