थुनुवा मृत्यु प्रकरण : अनुसन्धानका लागि ५ सदस्यीय छानबिन समिति गठन
शुक्रबार, २१ कात्तिक २०८२, २१ : ४०
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा लागु औषध मुद्दाका थुनुवा गंगे विकको मृत्यु प्रकरणमा सत्य तथ्य बुझेर प्रतिवेदन पेस गर्नका लागि ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हित प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय विक कात्तिक २१ गते हिरासत कक्षमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पीडितसँग भएको छलफलबाट सत्य तथ्य बुझी निष्पक्ष रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्नका समिति गठन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण