प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ
सारांश
- इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- अर्जुनधाराका एक व्यक्ति, मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारको क्रममा मृत्यु भयो।
- प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको छ।
बनियानी । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
उनीहरूलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको उनले बताए । थप अनुसन्धानका लागि उनीहरूलाई इप्रका अनारमनीमा राखिएको जनाइएको छ ।
घाइतेका उपचारका क्रममा मृत्यु
यसैबीच, गत कात्तिक १९ गते मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको शुक्रबार मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१ स्थित अञ्जली अस्पताल नजिकै पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२–००१ प ३५५७ नम्बरको मोटरसाइकलले अर्जुनधारा नगरपालिका–४ का ५५ वर्षीय कृष्णबहादुर मगरलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा शुक्रबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका–६ का २० वर्षीय वसन्त माझीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण