हुम्लामा अवैध चिनियाँ मदिरा : ९ हजार ३७ बोतल बरामद
सारांश
- हुम्ला प्रहरीले अवैध चिनियाँ मदिरा नियन्त्रणमा तीव्रता दिएको छ।
- प्रहरीले शुक्रबार राति ४२० कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लियो, जुन लामा खोल्सीमा लुकाइएको थियो।
- प्रहरीका अनुसार, बरामद गरिएको मदिरा चीनको ताक्लाकोट हुँदै हिल्सा नाकाबाट नेपाल भित्रिएको थियो।
सुर्खेत । हुम्ला प्रहरीले पछिल्लो समय अवैध चिनियाँ मदिरा नियन्त्रणमा तीव्रता दिएको छ। प्रहरीले शुक्रबार राति थप ४२० कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक शंकर पोखरेलको कमान्डमा खटिएको १० जनाको प्रहरी टोलीले नाम्खा गाउँपालिका–३ लामा खोल्सीबाट लुकाई छिपाई राखिएको अवस्थामा उक्त मदिरा बरामद गरेको हो।
छिमेकी राष्ट्र चीनबाट लुकाई छिपाई नेपालमा प्रतिबन्धित चिनियाँ मदिरा भित्र्याइएको भन्ने सूचनाका आधारमा प्रहरीले यो कारबाही गरेको हो । प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार बरामद गरिएको मदिरा चीनको ताक्लाकोट हुँदै हिल्सा नाकाबाट नेपाल भित्रिएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।
यसअघि कात्तिक १९ गते पनि हुम्ला प्रहरीले ३५१ कार्टुन अवैध चिनियाँ मदिरा नियन्त्रणमा लिएको थियो। दुई पटकमा नियन्त्रणमा लिइएका कुल ७७१ कार्टुन मदिरामा ९ हजार ३७ बोतल रहेका छन्, जसको अनुमानित बजार मूल्य ३५ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण